Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पशुपतिको जलहरीबारे संसदीय समितिले छानबिन गर्नुपर्छ : प्रदीप पौडेल

    पशुपतिको जलहरीबारे संसदीय समितिले छानबिन गर्नुपर्छ : प्रदीप पौडेल

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 804
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जलहरी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद पौडेलले पशुपतिको जलहरी प्रकरणबाट संसद्मा सत्यतथ्य कुराको जानकारी हुनुपर्ने माग गरेका हुन् ।



    सांसद पौडेलले पशुपतिको जलहरीमा राखिएको सुनबारे सत्यतथ्य पत्ता लगाएर संसद्‌मा जानकारी हुनुपर्ने माग गरे ।



    सांसद पौडेलले भने,’उजुरी परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ । महाखेलापरीक्षकको प्रतिवेदनमा प्रस्ट आएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन गर्‍यो रु यसको निर्णय प्रक्रिया र कार्यान्वयनका सन्दर्भमा थुप्रै विषय जोडिएका छन्, टीकाटिप्पणीको रूपमा आएका छन् । यसको छानबिनका निम्ति संसद्ले छानबिन समिति बनाओस् र यसले निष्पक्ष छानबिन हुने स्थिति निर्माण होस् ।’

    संसद्‌मा यसअघि पशुपतिनाथको जलहरीमा भएको अनियमितताबारे सांसदले बोल्दा रेकर्डबाट हटाउन लगाएको कुराले पनि आमसर्वसाधारणमा सही सन्देश नगएको कांग्रेस सांसद पौडेलको भनाइ थियो ।

    माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने क्रममा अनियमितता भएको कुरा राखेका थिए । महालेखा परीक्षकको प्रतिवेदन उल्लेख गर्दै राखेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले संसद् बैठक अवरोध गरेको थियो ।

    त्यसपछि छानबिनको चरणमा रहेको विषय भन्दै नीति तथा कार्यक्रम पारित गर्ने क्रममा संसद् अवरोध नहोस् भनेर सत्तापक्ष र प्रतिपक्षबीच सांसद दाहालले बोलेको विषय हटाउने सहमति भएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद दाहालले बोलेका कुरा संसद्को रेकर्डबाट हटाउन लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार