Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरले निजी विद्यालयलाई भन्यो – कक्षा ११ मा लाग्ने शुल्कको ‘रिपोर्ट’ बुझाउनू

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कक्षा ११ मा भर्ना हुँदा विद्यार्थीबाट लिने शुल्कबारे जानकारी मागेको छ।

निजी विद्यालयहरुको मनलाग्दी शुल्क लिइरहेको गुनासो बढिरहेका बेला महागनरले सोमबार विज्ञप्ति निकाल्दै असार मसान्तभित्र कक्षा ११ को शुल्क सूची बुझाउन भनिएको हो।

अब विद्यालयले ‍काठमाडौं महानगरपालिकाको शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077