Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

भैरहवा उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि रनवेमा नपुग्दै फर्काइएको छ।

विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट साढे ४ बजे उड्नुपर्ने  बुद्धको ८५९ जहाजमा समस्या देखिएपछि रनवेबाटै फर्काइएको हो ।

यात्रुलाई अर्कै जहाजमा पठाउने तयारी भइरहेको छ ।

जहाजको स्मोक (धुँवा) डिटेक्टरमा समस्या देखिएपछि फर्काइएको बताईएको छ । जहाजको प्राविधिक चेकजाँच हुन भने बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077