Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हुण्डी कारोबार गर्ने एकजना ८ लाखसहित पक्राउ

पर्सा । पर्साको प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले ८ लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेको ना२८प ९००८ नम्बरको मोटरसाइकल खानतलासी गर्दा स्रोत नखुलेको ८ लाख रुपैयाँ फेला पारी बरामद गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरीले रकमसँगै बाराको प्रसौनी गाउँपालिका–२ बस्ने ३३ वर्षीय सुनिलकुमार साहलाई समेत पक्राउ गरेको छ ।

उनले हेलमेटभित्र १००० दरका ८०० थान नोट लुकाएका थिए । उनलाई पर्सा जिल्ला अदालतबाट ५ दिन थुना अनुमति लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077