Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सचेतक रमेश लेखकको आश्वासन – जिल्ला निर्वाचन कार्यालय जिप्रकामा गाभ्ने निर्णय फिर्ता हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालयहरू जिल्ला प्रशासन कार्यालयमा गाभ्ने निर्णय फिर्ता हुने आश्वासन दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख विपक्षी नेकपा एमाले र राष्ट्रि स्वतन्त्र पार्टीले सदनको नियमित कारवाहीमा अवरोध सिर्जना गरेपछि मुख्य सचेतक लेखकले यस्तो बताएका हुन् ।

मुख्य सचेतक लेखकले भने,'अहिलेको नेपाल सरकारको आर्थिक वर्षको बजेटको सन्दर्भमा आयोगका विभिन्न कार्यालयमा गाभ्ने भन्ने कन्फ्यूजन भएको छ । आयोगका कार्यालयहरु स्वतन्त्र नै रहने गरी अर्थमन्त्रीले आजै प्रतिबद्धता जनाउनुहुन्छ कांग्रेस पनि यही पक्षमा छ । आयोग कार्यालय नै रहने गरेर अघि बढ्ने गरी अर्थमन्त्रीले प्रतिबद्धता गर्नुहुनेछ । त्यसैले सरकार यो पक्षमा प्रतिबद्धता गर्छ । नेपाली कांग्रेस संसदीय दल पनि यो प्रतिबद्धता गर्दछ।'

उनले जिल्ला निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा गाभ्ने बजेटको व्यवस्था संशोधन हुने प्रतिबद्धता जनाए ।

मुख्य सचेतक लेखकले आयोगका कार्यालयहरु स्वतन्त्र राख्नेबारे राजनीतिक तहमै सहमति भइसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077