Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिलो हाफमा नेपाल र पाकिस्तान बराबरीमै रोकिए

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफ सकिदा नेपाल र पाकिस्तानले गोलरहित बराबरी खेलेका छन् ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको ११औँ मिनेटमा नेपालका विमल घर्तीमगरले पाकिस्तानको पेनाल्टी क्षेत्रभन्दा बाहिर पाएको फ्रिकिक सदुपयोग गर्न सकेनन् ।

नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यसैले दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077