Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्तिम खेलमा पाकिस्तानमाथि नेपालको सान्त्वना जित

काठमाडौं । नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १-० ले पराजित गरेको छ ।

सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता सकाएको हो ।

नेपालको जीतमा ८०औँ मिनेटमा आशिष चौधरीले गोल गरेका हुन् । उनले लाकेन लिम्बूको पासमा गोल गरेका छन् ।

उनी दोस्रो हाफको सुरुवातमा आवास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

अघिल्ला दुई खेलमा पराजित हुँदै नेपाल पहिलो चरणबाटै बाहिरिने पक्का भएको थियो ।

पहिलो खेलमा कुवेतसँग ३-१ गोलले पराजित नेपाल दोस्रो खेलमा भारतसँग २-० गोलले निराश हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077