Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पाँचथरमा जंगली च्याउ खाँदा ९ जना बिरामी, चारको अवस्था गम्भिर

    पाँचथरमा जंगली च्याउ खाँदा ९ जना बिरामी, चारको अवस्था गम्भिर

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    पाँचथर । पाँचथरमा जंगली च्याउ खाएपछि नौ जना बिरामी भएका छन् । जिल्लाको फिदिम र कुम्मायकमा मंगलबार बिहानको खानामा तरकारी बनाएर जंगली च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् ।

    बिरामी भएकामध्ये चार जनालाई उपचारका लागि झापा पठाइएको छ भने चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जंगली च्याउ खाँदा ६८ वर्षीया लिला थापा, ३२ वर्षीया हेमन्ता थापा, ६० वर्षीया इन्द्रमाया नेपाली र ६० वर्षीय रुद्रबहादुर दर्जी बिरामी परेका हुन् ।



    लिलाबहादुर थापाको घरमा सँगै खाना खाएका उनीहरुलाई तत्कालै पेट दुख्ने र रिँगटा चल्ने समस्या देखिएपछि उपचारार्थ पाँचथर अस्पताल ल्याइए पनि थप उपचारका लागि चारै जनालाई झापास्थित बिर्तासिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । यसैबीच फिदिम नगरपालिका ११ का प्रियकुमार मेयोङवाको घरमा जंगली च्याउ खाएका ५ जना बिरामी परेका छन् ।



    बिरामी पर्नेमा ६० वर्षीया श्रीमती मेयोङबा,२८ वर्षीय प्रिय मेयोङवा, २१ वर्षीय सुमन मेयोङवा, ५१ वर्षीय रामप्रसाद केरुङ र ६४ वर्षीया जसमाया मेयोङवा रहेको पाँचथर प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार