Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढी प्रभावित क्षेत्रमा मानवीय संकटको अवस्था छ, खाद्यान्न र औषधि पठाईयोस् : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वी पहाडी जिल्लामा बाढी पहिरोका कारण मानवीय संकट उत्पन्न भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले मनसुनजन्य प्रकोपबाट प्रभावितहरूलाई राहत दिन माग गरे।

त्यस्तै, ताप्लेजुङ जिल्लामा ६ जना, पाँचथरमा ६ जना र संखुवासभामा २४ जना गरी ३६ जनाको मृत्यु भएको जानकारी गराए । त्यस क्षेत्रमा तत्काल उद्धारका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको र उनले सम्बन्धित निकायलाई निर्देशन दिएपनि ढिलाई भएको उल्लेख गरे ।

पूर्वी पहाडका बाढी पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न र औषधिको अभाव भएको भन्दै तत्काल व्यवस्था गर्न सरकारसँग माग गरे । साथै उक्त क्षेत्रमा झन्डै १ दजर्न पुलमा क्षति पुगेकोले त्यसको मर्मत गराउनका लागि पनि ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077