Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाढी प्रभावित क्षेत्रमा मानवीय संकटको अवस्था छ, खाद्यान्न र औषधि पठाईयोस् : योगेश भट्टराई

    बाढी प्रभावित क्षेत्रमा मानवीय संकटको अवस्था छ, खाद्यान्न र औषधि पठाईयोस् : योगेश भट्टराई

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 576
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वी पहाडी जिल्लामा बाढी पहिरोका कारण मानवीय संकट उत्पन्न भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

    बुधवार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले मनसुनजन्य प्रकोपबाट प्रभावितहरूलाई राहत दिन माग गरे।



    त्यस्तै, ताप्लेजुङ जिल्लामा ६ जना, पाँचथरमा ६ जना र संखुवासभामा २४ जना गरी ३६ जनाको मृत्यु भएको जानकारी गराए । त्यस क्षेत्रमा तत्काल उद्धारका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको र उनले सम्बन्धित निकायलाई निर्देशन दिएपनि ढिलाई भएको उल्लेख गरे ।



    पूर्वी पहाडका बाढी पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न र औषधिको अभाव भएको भन्दै तत्काल व्यवस्था गर्न सरकारसँग माग गरे । साथै उक्त क्षेत्रमा झन्डै १ दजर्न पुलमा क्षति पुगेकोले त्यसको मर्मत गराउनका लागि पनि ध्यानाकर्षण गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार