Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

काठमाडौं । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत् रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४ औँ स्थानमा यथावत् रहेको हो ।

नेपाल ३८ खेलमा ३५ रेटिङका साथ १४ औँ स्थानमा छ । नेपालले यही हप्ता आईसीसी विश्वकप छनोटमा चारमध्ये तीन खेलमा पराजित भए पनि वरीयता यथावत् रहेको हो । एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया छ ।

यस्तै पाकिस्तान दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो, इङ्ग्ल्यान्ड पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, अफगानिस्तान नवौँ र वेस्ट इन्डिज १० औँ स्थानमा छन् ।

नयाँ वरीयताअनुसार नेपालका ब्याटर आसिफ शेख र बलर सोमपाल कामीले १/१ स्थान सुधार गरेका छन् । आसिफ ७२ औँ स्थानमा उक्लिँदा सोमपाल ७४ औँ स्थानमा आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077