Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन हुने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आगामी आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा स्वास्थ्य बीमा सेवा सुचारु हुने बताएका छन् ।

बुधवार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

स्वास्थ्य बीमा स्वायत्त निकाय भए पनि अहिलेसम्म स्वायत्त रूपमा सञ्चालन हुन नसकेको उल्लेख गर्दै उनले सबै स्थानीय तहमा स्वास्थ्य बीमा सेवा सुचारु गर्न सके प्रभावकारी रूपमा बोर्डले काम गर्न सक्ने बताए ।

कार्यकारी निर्देशक बसौलाले सरकारले बीमालाई सहयोग गर्ने नभई आगामी दिनमा बीमाले सरकारलाई सहयोग गर्नेगरी प्रभावकारी रूपमा काम गर्न आवश्यक नीति, नियम बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077