Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जलहरीमा कुँदिएका ओलीसहित १३ जनाकै नाम मेटियो, पुनर्स्थापित गर्ने तयारी

काठमाडौं । पशुपतिनाथको मन्दिरमा राखिएको सुनको जलहरीमा कुँदिएका १३ जनाकै नाम मेटिएको छ ।

आइतबार दिउँसो निकालिएको १०७ किलोभन्दा बढी तौलको जलहरीमा कुँदिएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाकै नाम मेटेर अहिले बेलुकी जलहरी पुनः स्थापित गर्न लागिएको हो ।

जलहरी फेरि राख्न चाहिने लाहा र कालिगढ भारतबाट ल्याएपछि चार दिनपछि आज पुनः जलहरी राख्न लागिएको बताइएको छ ।

जलहरीमा तत्कालीन राष्ट्पति भण्डारी, तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन संस्कृतिमन्त्री भानुभक्त ढकाल, संस्कृतिसचिव यादव कोइराला, पशुपतिका मूल भट्ट, अन्य तीन भट्ट, दुई जना मुख्य भण्डारी, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष मिलन थापाको नाम कुँदिएको थियो।

करोडौँ हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथमा राखिएको १०७ किलोभन्दा बढी तौल भएको जलहरीको सुन र गुणस्तरमा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नापजाँचका लागि जलहरी निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077