Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पशुपतिनाथ मन्दिरमा जलहरी पुनर्स्थापना

कमठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा पुनः सुनको जलहरी राखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र परीक्षण गरेपछि १०७ किलोभन्दा बढी तौलको जलहरी पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा पुनः स्थापित गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार साँझ सुनको जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको बताइएको छ ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार अख्तियारले नापतौल गर्न रुद्रगारेश्वरमा ल्याइएको जलहरी बुधबार साँझ मन्दिरमा लगेर पुनस्र्थापित गरिएको हो ।

असार ११ गते सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरबाट उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077