Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ड्यामबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु, ६ जना घाइते

दैलेख । दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु भएको छ ।

निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा आठबिस–५ बस्ने बिर्खबहादुर थापाका छोरा उमेश थापाको मृत्यु हो ।

यस्तै ६ जना बालबालिका पनि घाइते भएको दैलेख प्रहरीले जनाएको छ । ड्याम बर्सातका कारण भत्किएको बताइएको छ ।

घाइतेमध्ये १३ वर्षका किरण बुढामगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077