Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

बैतडी । बैतडीमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन भएको छ । वर्षाका कारण सडक माथिबाट खसेको पहिराले अवरुद्ध बनेको राजमार्ग आठ घण्टापछि सञ्चालनमा आएको हो ।

राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ ज्यापुमा गएराति ११ बजे पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो।

सडकमा खसेको पहिरो जेसीबीले पन्छाएपछि आज बिहादेखि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक, योगेश खत्रीले जानकारी दिए।

पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको र घण्टौदेखि रोकिएका सवारीसाधन अलपत्र रहेका यात्रु गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077