Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मदन जयन्तीको अवसरमा एमाले कार्यालयमा वृक्षारोपण

    मदन जयन्तीको अवसरमा एमाले कार्यालयमा वृक्षारोपण

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 582
    SHARES

    काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७२ औँ जन्म जयन्तीका अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय परिसर र मनोहरा नदी किनारमा वृक्षारोपण गरिएको छ ।

    नेपाल भूतपूर्व सैनिक-प्रहरी सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय परिसरमा वरको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम उद्घाटन गरेका हुन् ।



    कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मदनले अगाडि सारेको मार्गमा एमाले अगाडि बढिरहेको बताए ।



    जलवायु परिवर्तनका कारण विश्वमा वातावरणमाथि सङ्कट देखिएको अवस्थामा वृक्षारोपण जस्तो महत्त्वपूर्ण कार्य गरेर त्यसका लागि सबैलाई उत्प्रेरित गरेकोमा ओलीले सैनिक-प्रहरी सङ्गठनलाई धन्यवाद दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार