Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • शिल्पा मास्केको फिल्म ‘परस्त्री’ आजबाट प्रदर्शनमा, भारतमा भोलि मात्र रिलिज हुने

    शिल्पा मास्केको फिल्म ‘परस्त्री’ आजबाट प्रदर्शनमा, भारतमा भोलि मात्र रिलिज हुने

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 597
    SHARES

    काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि ‘परस्त्री’ विशेष कारणले बिहीबार नै रिलिज भएको हो ।

    हिन्दी सिनेमा बिहीबार रिलिज हुने भएकाले ‘परस्त्री’ पनि आजै रिलिज भएको हो ।



    फिल्ममा शिल्पा मास्के, गौरव विष्ट, कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय छ ।



    फिल्ममा विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक संकटको कथालाई देखाईएको छ । यद्यपि हिन्दी संस्करण नेपालमा भने प्रदर्शन नहुने भएको छ । दीपेन्द्र के खनालले लेखेको चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।

    यसैबीच, ‘परस्त्री’ हिन्दी भाषामा भारतमा पनि रिलिज हुँदै छ । भारतमा भने भोलि रिलिज हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार