Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला नजिक ढुंगा खस्दा सडक अवरूद्ध

    नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला नजिक ढुंगा खस्दा सडक अवरूद्ध

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा ढुंगा खस्दा पटक पटक सडक अवरूद्ध भएको छ । मुग्लिन नजिक पहाड माथिबाट बुधबार रातिदेखि ढुंगा खस्दा खस्दा सडक अवरुद्ध भएको हो ।

    बिहीबार दिउँसो १ बजेर ५ मिनेट जाँदा सडक खण्डको तुइनखोला नजिक पहाड माथिबाट ढुंगा खस्न सुरू भएपछि दुवै तर्फबाट बन्द छ ।



    यसअघि ढुंगा सडकमा आएर बजारिन थालेपछि बिहानपख एक घन्टाजति बाटो अवरुद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    सडकमा खसेको पहिरो ठूलो नभए पनि अग्लो ठाउँबाट ढुंगा खरेका कारण हटाउन समस्या भएको बताईएको छ ।

    पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन सडकमै रोकिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार