Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

    पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 1K
    SHARES

    मुग्लिन । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।

    बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक केहीबेर अघिबाट सञ्चालनमा आएको हो। अहिले उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको बताईएको छ ।



    डिभिजन सडक कार्यालय भरतपुरका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भएको थियो।



    चौबीस घन्टाभन्दा बढी समयदेखि सडक अवरुद्ध हुँदा सो सडक हुँदै यात्रा गर्ने धेरै यात्रुहरु अलपत्र भएका थिए।  बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार