Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले सचिव योगेश भट्टराईमाथि पहिचानवादीको आक्रमण प्रयास

    एमाले सचिव योगेश भट्टराईमाथि पहिचानवादीको आक्रमण प्रयास

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 939
    SHARES

    ईलाम । नेकपा एमालेका सचिव योगेश भट्टराईमाथि पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।

    प्रदेश १ पुनः नामकरण संघर्ष समितिले सचिव भट्टराईमाथि आक्रमणको प्रयास गरेको हो ।



    भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका थिए ।



    उक्त कार्यक्रममा कांग्रेस नेता गुरुराज घिमिरे र भट्टराईले सम्बोधन गर्ने कार्यक्रम थियो । भट्टराईलाई आक्रमण गर्ने प्रयास गरेका पहिचान पक्षधर कार्यकर्तालाई सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

    यद्यपि भट्टराई चढेको गाडीलाई रोक्दै उनीहरुले पहिचान विरोधी होसियार भन्दै कालो झण्डा प्रदर्शन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार