Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • व्यक्तिगत रुपमा कोशी प्रदेशको मुख्यमन्त्रीमा मेरो दाबी रहन्न : राजेन्द्र राई

    व्यक्तिगत रुपमा कोशी प्रदेशको मुख्यमन्त्रीमा मेरो दाबी रहन्न : राजेन्द्र राई

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 1.2K
    SHARES

    बिराटनगर । एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताएका छन् ।

    नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेका बेला पूर्वमुख्यमन्त्री समेत रहेका राईले यस्तो बताएका हुन् । शुक्रबार मात्र कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन सकेनन् ।



    मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएपछि बन्ने नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने कुराले चर्चा पाएका बेला राईले भने मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको स्पष्ट पारेका छन् ।



    संसदीय दलका नेता राईले भने, ‘केन्द्रमा समझदारी भयो भने जुनसुकै जिम्मा लिनुपर्ने भएकाले त्यसका लागि तयार छु । तर व्यक्तिगत रुपमा मुख्यमन्त्रीमा मेरो दाबी र प्रयास छैन।’

    ९३ सदस्यीय प्रदेशसभामा एकीकृत समाजवादीको चार सिट रहेको छ । गठबन्धन दलमध्ये २९ जना सांसद रहेको कांग्रेस र सभामुखसहित १३ सांसद रहेको माओवादीबीच सरकारको नेतृत्वका विषयमा रस्साकसी चलिरहेको छ ।

    ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीको पक्षमा छन् । कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद छन् । एक सांसद मात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार