Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मुख्यमन्त्रीसंग सरकार चलाउने ढंग छैन, विश्वासको मत दिदैनौँ : राजेन्द्र राई

    मुख्यमन्त्रीसंग सरकार चलाउने ढंग छैन, विश्वासको मत दिदैनौँ : राजेन्द्र राई

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 1.1K
    SHARES

    विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलको नेता राजेन्द्र राईले विश्वासको मत दिन नसकिने बताएका छन् ।

    बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्री हिक्मत कार्कीले पेश गरेको प्रस्तावमाथि छलफलमा भाग लिँदै राईले यस्तो बताएका हुन् ।



    राईले सरकार चलाउने योग्यता मुख्यमन्त्री कार्कीमा नहुँदा विश्वासको मत नदिने बताए। राईले भने,’सरकार चलाउने ढंग यो सरकारलाई छैन । यसकारण पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिदैनौं।’



    तत्कालिन सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार