Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बसमा आगो लाग्दा भारतमा २५ यात्रुको मृत्यु

एजेनसी । यात्रुवाहक एक बसमा आगो लाग्दा भारतमा २५ जना यात्रुको मृत्यु भएको छ ।

मुंबई-नागपुर एक्सप्रेस वे ९समृद्धि राजमार्ग०भएर नागपुरबाट पुणे जाँदै गरेको एक प्राइवेट बसमा शनिबार अचानक आगो लाग्दा २५ जनाको मृत्यु भएको हो।

आगो भिषण रुपमा सल्किएकोले बसमा सवार धेरै यात्रुको ज्यान गएको महाराष्ट्रको बुलढाणा जिल्लाका एसपी सुनिल कडासनेले बताएका छन्।

बसमा ३२ जना यात्रु सवार थिए । बसमा सवार ८ जना यात्रु भने बच्न सफल भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077