Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • धनगढीमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम

    धनगढीमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 927
    SHARES

    धनगढी । दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ।

    मालिकार्जुन दार्चुला सेवा समिति कैलालीको आयोजना सचेतना कार्यक्रम गरिएको हो। कार्यक्रममा धनगढी उपमहानगरपालिका, यातायाता व्यवस्था कार्यालय र जिल्ला ट्राफिक प्रहरीकार्यालय धनगढीको सहकार्य रहेको थियो।



    बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारी चालक, सवारी धनी र स्थानीयलाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी कार्यक्रम गरिएको मालिकार्जुन दार्चुला सेवा समितिले जनाएको छ ।



    जिल्ला ट्राफिक कार्यालयका प्रमुख वीरेन्द्रसिंह जोहारीले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताए ।

    सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा कार्यक्रम आयोजना गरिएको प्रमुख जोहारीले बताए ।

    सचेतना कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रमेश धामी र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख भरतबहादुर बोहराले दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेबार बन्नुपर्ने बताएका थिए । अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनीकरण हुने उहाँको धारणा थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार