Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस जिल्ला सभापतिहरुको भेला असार २१ मा हुने

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिको भेला आगामी असार २१ गते हुने भएको छ ।

केन्द्रीय कार्यालय सानेपामा हुने भेलामा नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि अन्तक्रिया-छलफल हुने जनाईएको छ ।

कांग्रेसले विगतमा महाधिवेशन नजिक वितरण र नवीकरण गराँउदै आएको सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ ।

यो पटकदेखि दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले तल्लो तहलाई परिपत्र गरेर सदस्यता वितरण गर्न यसअघि नै निर्देशन दिई गत सातादेखि अनलाइनबाट सदस्यता लिन सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077