Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जंगली हात्तीले कुल्चिँदा ८० वर्षीया वृद्धाको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० मा आज बिहान जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए ।

पूजा गर्न फूल टिप्न जाने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चिएको थियो । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् ।

झापामा ६ दिनअघि मात्र जंगली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जंगली हात्तीले कुपल्चँदा उनको मृत्यु भएको थियो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077