Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

श्री एयरलाइन्सको उडान आजबाट नियमित

काठमाडौं । श्री एयरलाइन्स प्रालिले आजबाट नियमित उडान गर्ने भएको छ । आइतबार निर्धारित सबै उडान स्थगित गरेको श्री एयरलाइन्सले आजबाट नियमित उडान सुरु गरेको हो ।

आइतबार उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गरिएको थियो । एयरलाइन्सले आजबाट नियमित उडान सुरु हुने जनाएको छ ।

यस्तै शनिबार धनगढीको अकासमा पुगेर पनि अवतरण हुन नसकेको श्री एयरलाईन्सको विमानलाई नागरिक उड्डयन प्राधिकरणले अस्थायी उडान प्रतिवन्ध लगाएको छ ।

धनगढीको आकासबाट फर्केको विमानमा हाइड्रोलिकको समस्या देखा परेको नागरिक प्राधिकरणले आइतबार गरेको परीक्षणले देखाएको छ । सो जहाजको मर्मत गर्नुपर्ने भएकोले उडान प्रतिवन्ध लगाइएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077