Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लगातार तेस्रो दिन पनि २१ अंकले घट्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमबार नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५ अंकमा बन्द भएको छ ।

उपसमूहतर्फ २ समूह बाहेकका ११ वटा समूहको सेयर घटेको छ । आज २७६ वटा कम्पनीका ९४ लाख १८ हजार कित्ता शेयर चार अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएकाे छ ।

सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

होटल र टुरिजम तथा व्यापार उपसूचकका लगानीकर्ताले कमाए भने अरु सबै उपसूचकका लगानीकर्ताले गुमाएका छन् । सोमबार सीवाईसी नेपाल लघुवित्त, बीपीडब्लू लघुवित्त, सिटी होटलसहितका धितोपत्रका लगानीकर्ताले धेरै कमाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077