Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • एसईईको नतिजा लेटर ग्रेडिङमै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

    एसईईको नतिजा लेटर ग्रेडिङमै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौ. । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङमै सार्वजनिक हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।



    गत वर्षकै निर्णयको आधारमा यसपालि पनि पुरानै निर्देशिकाअनुसार नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ । यहि साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बोर्डको भनाई छ ।



    अब बुधबारका लागि बैठक डाकिएको छ र सकभर बिहीबार नभएर शुक्रबारसम्म नतिजा सार्वजनिक हुन सक्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार