Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तिनाउ नदीमा जल सतहले खतरा तह पार गर्‍यो, सुरक्षित स्थानमा बस्न आग्रह

काठमाडौं । देशका विभिन्न क्षेत्रमा गएरातिदेखि भारी वर्षा जारी छ । राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको हो ।

सोही वर्षाका कारण तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ । जल सतह बढ्दो क्रममा रहेको छ ।

तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरूलाई बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।

साथै अन्य ठाउँका नदी तटीय क्षेत्रमा हुनेहरूलाई पाि उच्च सतर्कता अपनाउन भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077