Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक बस्दै, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजेर १ मिनेटमा संसद भवन, नयाँ वानेश्वरमा बस्न लागेको हो । बैठकमा आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक टेबुल हुनेछ ।

बैठकमा राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० टेबुल गर्ने सम्भावित कार्यसूची छ । बैठकमा विनियोजन विधेयकका विभिन्न मन्त्रालय शीर्षकमा छलफल हुने संसद सचिवालयले जनाएको छ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकमा विनियोजित बजेटमाथि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077