Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदीय समितिको सभापति चयन गर्ने शीर्ष नेताहरुबीच सहमति

काठमाडौं । प्रतिनिधिसभाका समितिको सभापति निर्वाचनलगायत विषयमा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।

मंगलवार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरेका हुन् ।

शीर्ष नेताहरूसँगको छलफल संसदीय समितिको सभापति चयन गर्ने सहमति भएको छ। बैठकमा संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको हो ।

वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरू भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077