Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शीर्ष नेताहरूलाई सभामुख घिमिरेको प्रश्न - समिति सभापतिमा चुनाव गर भन्नुहुन्छ कि मिलाउनुहुन्छ ?

काठमाडौं । सभामुख देवराज घिमिरेले अब आफूलाई संसदीय समितिको सभापति चयन गर्ने बाटो खुलेको बताएका छन्।

सभामुख घिमिरेले मंगलबार बोलाएको सर्वदलीय समिति बैठकमा मुख्य दलका नेताहरुले अब सभापति चयन प्रक्रियामा बिलम्ब नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

छलफलमा सभामुख घिमिरेले सभापतिबारे दलहरू टुंगोमा नपुगे आफूले प्रक्रिया थाल्ने बताएका थिए । तीन दलका शीर्ष नेताहरूसँग छलफलपछि उनले सभापति चयन गर्दा भएसम्म समझदारी नभए निर्वाचनबाट गर्ने बताए।

सभामुख घिमिरेले भने, ‘लामो समयदेखि संसदीय समिति नेतृत्वविहीन छ। ज्येष्ठ सदस्यहरूबाट बैठक चलाइराख्नुपर्ने अवस्था छ। त्यो परिस्थितिको अन्त्य गर्नुपर्छ। तपाईँले मलाई चुनाव गर भन्नुहुन्छ भने मिलाउनुहुन्छ कि के गर्नुहुन्छ ? तपाईँहरूले प्रयास गर्नुभएन भने मैले मेरो स्टेप चाल्नुपर्ने हुन्छ।’

उनले अब अविलम्ब टुङ्ग्याइहाल्नुपर्छ भन्ने विषयमा शीर्ष तहमा सहमति भएको जिकिर गरे।त्यस्तै विभिन्न विधेयकहरू अघि बढाउन समितिको नेतृत्व आवश्यक छ भन्ने निचोडमा पनि छलफल पुगेको सभामुख घिमिरेले बताए। बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउने विषयमा पनि कुराकानी भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077