Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से परिसूचक १२ अंकले बढेपनि कारोबार रकम भने खुम्चियो

काठमाडौं । आज (मंगलबार) नेप्से परिसूचक १२.७३ अंकले बढेको छ । नेप्से १२.७३ अंकले बढ्दा नेप्से इन्डेक्स २०८८.१७ विन्दुमा पुगेको हो ।

कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ । नेप्से बढेपनि आज कारोबार रकम निकै खुम्चिएको छ । आज दुई सय ८२ वटा कम्पनीका ६४ लाख ५० हजार कित्ता शेयर किनबेच भए ।

हिजो चार अर्ब पाँच करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नागरिक लगानी कोषको सर्वाधिक मूल्यको शेयर कारोबार भएको छ । यो कम्पनीको १२ करोड १७ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077