Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कमल थापा भन्छन् - प्रचण्डको अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण भएको टिप्पणी गरेका छन् ।

मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले सो टिप्पणी गरेका हुन् । थापाले प्रितम सिंहबारे प्रधानमन्त्री प्रचण्डको भनाइप्रती कटाक्ष गर्दै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको भनाइले सिङ्गो राजनीतिक क्षेत्र लज्जित भएको बताए ।

उनले २०६३ पछिको धरातलीय यथार्थसमेत यही भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले लेखेका छन् 'प्रितम सिंहबारे प्रचण्ड : मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो प्रम प्रचण्डको यस भनाईले सिंङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ। तर,दुःखको कुरा के हो भने, यो भनाई २०६३ पछिको धरातलीय यथार्थ हो ।आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077