Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सत्ताको छटपटीमा एमाले

काठमाडौं । संसद्को दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा सत्ताको छटपटी देखिन थालेको छ । नेकपा (माओवादी केन्द्र) लाई नेपाली कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहयोगमा प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको एमालेले माओवादीकै कारण संघीय सरकार हुँदै सातवटै प्रदेश सरकार गुमाउनुपरेपछि यस्तो छटपटी देखिएको हो ।

सातै प्रदेशबाट बाहिरिन पुगेको एमाले संवैधानिक तहबाट पनि बाहिरिने अवस्था आउन लागेपछि अझै अत्तालिएको छ । गत पुस १० गते नयाँ समीकरणका साथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएका एमालेका अध्यक्ष केपी शर्मा ओली प्रचण्डबाट धोका पाएपछि अहिले कांग्रेसलाई नै प्रधानमन्त्रीको प्रस्ताव गर्ने तहमा पुगेका छन् ।

कांग्रेस र एमालेको सहकार्य हुने विषयमा केही दिनयता एमालेका नेताहरूले बारम्बार अभिव्यक्ति दिइरहका छन् । उनीहरूले वर्तमान सरकारप्रति असन्तुष्टि प्रकट गर्दै कांग्रेस र एमालेको सहकार्यमा जोड दिँदै आएका छन् ।

मुलुकका दुई ठूला दल मिलेर सरकार बनाउँदा अन्य बिचौलिया दलहरूलाई बाहिर राख्न सकिने भन्दै कांग्रेसलाई अघि सारेर सरकारमा जाने एमालेको दाउ छ ।

ओलीले सत्ता राजनीतिका माहिर खेलाडी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्ने लालच दिनसम्म भ्याइसकेका छन् । पूर्वप्रधानमन्त्री ओलीलाई सत्ताबाहिर रहनुपरेको पीडाले पिरोल्न थालेपछि नयाँ कोर्सको अभ्यास गर्न खोजेकोे गठबन्धन दलका नेताहरूले बताएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077