Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नहरमा बगेर ४ वर्षीय बालकको मृत्यु

सर्लाही । सर्लाहीमा बागमती नहरमा बगेर चार वर्षीय बालकको मृत्यु भएको छ ।

बागमती नगरपालिका–८, सोल्टीमा मंगलबार नहरले बगाउँदा स्थानीय अनिल विकका छोरा दीक्षान्तको मृत्यु भएको हो ।

घरनजिकै खेल्ने क्रममा एक्कासी बागमती सिँचाई आयोजनाको नहरमा खसेर बेपत्ता भएका बालकलाई केहीबेरपछि स्थानीय र प्रहरीले उद्धार गरेर भेनस अस्पताल बरहथवामा पुर्‍याएका थिए ।

त्यहाँ सामान्य उपचार गरी थप उपचारका लागि सरस्वती अस्पताल हरिवन पुर्‍याइएको थियो । हरिवनमा चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077