Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष पाँच पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् ।

सभापति देउवाले आफ्नो निवास धुम्बाराहीमा पार्टीका पदाधिकारीको बैठक बोलाएका हुन् ।

आज मध्यान्ह बस्ने पदाधिकारी बैठकले जिल्ला सभापति भेलाको एजेण्डा तय गर्ने जनाइएको छ ।

कांग्रेसले अनलाइनबाटै नयाँ सदस्य लिन र पुरानो सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था गरेको छ । क्रियाशील सदस्यतासम्बन्धी कार्ड पनि जिल्लाबाटै प्रिन्ट गरी वितरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

आजको बैठकमा सभापति, दुईजना उपसभापति र दुईजना महामन्त्री सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077