Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

काठमाडौंमा एकैदिन दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं । ट्राफिक नियम उल्लङ्घनको आरोपमा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो दुई हजार दुई सय तीन सवारी साधन र चालक कारबाहीमा परेका छन् ।

जसअनुसार मापसेमा ६९, लेन उल्लङ्नमा एक सय २०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन्।

त्यसैगरी प्रष्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतीमा सवारी चलाउनेलाई एक सय ४७ र अन्य एक हजार सात सय ४५ गरी कुल दुई हजार दुई सय तीन सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077