Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसदमा रघुजी पन्तको प्रश्न - नेपालको प्रधानमन्त्री बन्न दिल्लीतिर जानुपर्ने ?

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ।

प्रधानमन्त्री प्रचण्डले सोमबार पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिपछि उनलाई प्रधानमन्त्रीको पदमा बस्ने हक नभएको भन्दै एमाले सांसद रघुजी पन्तले राजीनामा मागेका हुन् ।

एमाले सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले देशको शिर निहुरिएको टिप्पणी गरे। सांसद पन्तले आज नेपालीको स्वाभिमानमा ठेस लागेको बताए ।

एमाले सांसद पन्तले प्रश्न गर्दै भने, ‘नेपालको प्रधानमन्त्री बन्नको लागि नेपाली जनतातर्फ फर्किने कि दिल्लीतिर जाने हो ? नेपालको प्रधानमन्त्री बन्न दिल्लीतिर जानुपर्ने ? प्रधानमन्त्रीको अभिव्यक्तिले देशको स्वाभिमान गुम्यो ।’

उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सदनमा स्पष्ट जवाफ नआएसम्म सदन चल्न नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077