Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिटरब्याजविरुद्धको अध्यादेश निष्क्रिय

काठमाडौं । मिटरब्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको छ । सदनबाट अध्यादेशले विधेयकको मान्यता पाउन नसकेपछि स्वतः निष्क्रिय भएको हो ।

सरकारले वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको थियो ।

अध्यादेश आएको आज राति १२ बजे ६० दिन पुग्दै छ । राष्ट्रिय सभाको असार १५ गतेको बैठकले अध्यादेशमा प्रतिस्थापन विधेयक पास गरेर पठाएको थियो ।

यो विधेयक बुधबारको प्रतिनिधिसभा बैठकबाट पास गरेर राष्ट्रिय सभामा पठाउनुपर्ने थियो । तर प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गरेपछि आज बैठक बस्न नसकेपछि अध्यादेश निष्क्रिय भएको हो ।

एमालेले सदन अवरोध गरेकाले मिटरब्याजी पीडतलाई न्याय दिलाउन सरकारले ल्याएको अध्यादेश अलपत्र परेको हो।

सरकारले वैशाख २० मा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ ल्याएर राजपत्रमा प्रकाशित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077