Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुनै प्राविधिक समस्या नआए आज एसईईको नतिजा सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्दैछ ।

२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुन लागेको हो ।

जसका लागि नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कुनै समस्या नआए बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिए ।

एसईई परीक्षामा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागि थिए । यसअघि बोर्डले यस पटकको नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077