Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा आजै सार्वजनिक गर्ने

    राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा आजै सार्वजनिक गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 873
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को परीक्षा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ ।

    आज बसेको बोर्ड बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को कार्यालयमा बैठक जारी छ ।



    नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक हुनेछ । त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो ।



    बुधबार बैठक बसेर बिहीबार नतिजा सार्वजनिक गर्ने भनिएपनि बुधबार त्रुटि सच्याउन भन्दै बैठक बस्न सकेको थिएन ।

    बोर्ड बैठकपछि पत्रकार सम्मेलन गरेर निर्णय सार्वजिनक गरिने बोर्डले जनाएको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार