Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

    जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 846
    SHARES

    पोखरा । कास्कीको पोखरा महानगरपालिका १४ चाउथेमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार युवक घाइते भएका छन् ।

    मृत्यु हुनेमा पोखरा महानगरपालिका २७ तालचोकका ३४ वर्षीय प्रज्वल गुरुङ रहेका छन् । गुरुङको बिहीबार बिहान सवा ५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।



    चाउथेबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जिपले विपरित दिशाबाट आउँदै ग ८ प ५८३८ नम्बरको स्कुटरलाई आज बिहान साढे ४ बजे ठक्कर दिँदा दुर्घटना भएको थियो ।



    घाइते भएका स्कुटरमा सवार पोखरा २७ अर्घौं अर्चलेका २७ वर्षीय विमल गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    जिपसहित चालक वडा प्रहरी कार्यालय रामबजारले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार