Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सडक माथिबाट खसेको पहिरोमा पुरिएर डोजर चालकले गुमाए ज्यान

    सडक माथिबाट खसेको पहिरोमा पुरिएर डोजर चालकले गुमाए ज्यान

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 675
    SHARES

    फाइल तस्विर

    मुगु । मुगुको गमगढी तारापानी सडकखण्डमा माथिबाट खसेको पहिरोमा पुरिएर एकजना डोजर चालकले ज्यान गुमाएका छन् ।

    छायाँनाथ रारा नगरपालिका-३ फुली गाउँमा सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिएर सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ का २४ वर्षीय पवन घिमिरेको मृत्यु भएको हो ।



    लगातारको वर्षाले उक्त सडकको ठाउँ ठाउँमा पहिरो आई अवरुद्ध भएपछि पहिरो पन्छाउन गएको डोजर फर्कने क्रममा बिहीबार राति बामधारा पुरिँदा चालक घिमिरेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।



    मृतक चालकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार