Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका आठ निर्णयहरु

काठमाडौं । सरकारले भन्सार तथा लजिस्टिक्स सुधारअन्तर्गत एसियाली विकास बैंकबाट बजेटरी सहायताबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयसहित आठवटा निर्णय गरेको सूचना प्रविधि तथा सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, सरकारले एमसीए–नेपालले निर्माण गर्ने विद्युत् प्रशारण लाइन तथा सबस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का जिल्लाका जग्गा प्रदान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै बैठकले निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने तथा नेपाल न्याय सेवा, कानून समूहको राजपत्राङ्कित प्रथम श्रेणीका सात अधिकृतको सरुवा गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077