काठमाडौं । राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १२ः२९ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो ।
सङ्घीय संसद् सचिवालयका अनुसार शुक्रबारको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ ।
जसअनुसार आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेट माथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
सो अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ‘बिद्युतीय व्यापार विधेयक २०८० सभा समक्ष पेस गर्ने कार्य तालिका छ ।