Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरले गर्‍यो दुई सहकारी संस्थाको दर्ता खारेज

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका दुई सहकारी संस्थाको दर्ता खारेजी गरेको छ ।

महानगरपालिकाको सहकारी विभागका अनुसार श्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लि. र सुकस बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालनमा नरहेकाले उनीहरूको दर्ता खारेज गरिने भएको हो ।

उल्लिखित संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित बक्यौता केही भएमा तथा यी संस्थाबाट धितो राखी कुनै कर्जा लिएको वा यी संस्थामा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले उक्त सूचना प्रकाशन भएको १५ दिनभित्र महानगरको सहकारी विभागमा सम्पर्क राख्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरेको छ ।

'अन्यथा खारेजीपश्चात् कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने बेहोरा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077