Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलहरुले राजीनामा मागेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिन लागेका हुन्।

प्रधानमन्त्री दाहालले पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले संसद बैठक चल्न दिएको छैन् ।

आज बसेको राष्ट्रियसभा बैठक पनि एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै अवरुद्ध गरेको छ ।

यसअघि विहिबार विहान बालुवाटरमा बसेको सरकारमा सहभागी सात दलको बैठकले संसदमै सामना गरेर अघि बढ्ने प्रधानमन्त्रीले राजीनामा नदिने निश्कर्ष निकालेको थियो ।

एमालेले राजीनामा दिनुपर्ने अडान लिँदै आएको छ भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै आएका छन्।

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077